November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

मुलुकको ४४औं प्रधानमन्त्रीमा प्रचण्ड: राष्ट्रपतिसमक्ष दाबी पेस

काठमाडौं । १६९ जना सांसदको समर्थन जुटाएर प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका छन् । उनले सात राजनीतिक दलहरुको समर्थन जुटाएका हुन् ।

प्रचण्डले आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष दाबी पेस गरेका हुन् । उनीसँग एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरु शीतल निवास पुगेका थिए ।

ओली निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने ५ दलबीचमा सहमति भएसँगै आइतबार पाँच बजेअघि नेताहरू शीतल निवास पुगेका हुन् । राष्ट्रपति समक्ष दावी पेस गरेसँगै प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की भएको छ ।

Advertisement

सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र केही स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् । २७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई स्वतन्त्र सांसद अमरेशकुमार सिंह तथा प्रभु साहले समर्थन दिएका छन् ।