November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

माधव नेपाल नेतृत्वको नेकपा एसलाई सरकारमा सामेल गराउने तयारी

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टी पनि सरकारमा आउनसक्ने संकेत गरेका छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै उनले केही अडानका कारण अहिले नै समेट्न नसकिएको बताए। ‘मेरो नेतृत्वमा सरकार बनाउने कुरामा उहाँहरु सकारात्मक नै हुनुहुन्छ। पछिल्लो गठबन्धनका विषयमा थप छलफल हुनै बाँकी छ। केही वातावरण बनाए उहाँहरु हाम्रो समीकरणमा सहभागी हुनुहुन्छ,’ प्रचण्डको भनाइलाई उद्घृत गर्दै उपमहासचिव गिरिराजमणि पोखरेलले भने।

कांग्रेससँगको गठबन्धन टुटेपछि बनेको नयाँ गठबन्धनका विषयमा एकीकृत समाजवादीका अध्यक्ष नेपालका केही अडान रहेको प्रचण्डले बताएका छन्।

Advertisement