काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको बताए । शनिबार स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षलाई यस प्रकारको कुनै पनि प्रस्ताव नआएको खतिवडाले बताएका हुन् ।
पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता खतिवडाले पार्टी अध्यक्षसँग औपचारिक र अनौपचारिक दुवै कोणबाट यस प्रकारको कुरा र प्रस्ताव कसैले नगरेको बताए । पार्टी विलय वा एकीकरण गर्नेतिर आफूहरू नलागेको भन्दै उनले पार्टी सुदृढीकरणमा नै आफूहरूको ध्यान केन्द्रीत रहेको बताए ।
सरकारमा जाने वा नजाने विषयमा आजदेखि पोलिटब्युरो सम्मको बैठक सम्ममा पुगेर रायसल्लाह लिने काम भइरहेका उनले बताए ।