November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

काठमाडौं । उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको हो ।

रानालाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत प¥यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।

Advertisement