November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

बाबुराम भट्टराई राष्ट्रपति बन्ने संभावना छैन : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राजनीतिक दलबाहिरबाट राष्ट्रपति हुने संभावना नरहेको बताएका छन्।

प्रेस युनियन बाँकेले बिहीबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता डा. महतले राष्ट्रपति दलभित्रबाट नै हुने र राष्ट्रपति भइसकेपछि दलभन्दा माथि उठेर संविधानको पक्षमा काम गर्ने व्यक्तिलाई छानिने बताएका हुन्।

डा.महतले बाबुराम भट्टराईको राष्ट्रपति बन्ने संभावना नरहेको बताए। उनले कानुनी शासन र संविधानको रक्षाका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने बताए।

Advertisement

उनले कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राष्ट्रपतिको आकांक्षी रहेको खुलाए। प्रवक्ता डा.महतले तत्कालिन परिस्थितिमा सरकारलाई विश्वासको मत दिएपनि आफूहरु सरकार निर्माण र मन्त्रीपरिषद्मा सहभागी नभएकाले प्रतिपक्षकै भूमिकामा रहने बताए।