November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

चुनौतीको सामना गर्नेहरू मात्रै सफल हुन्छन्: माधव नेपाल

राजविराज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरू मात्रै सफल हुने बताए । राजविराजमा आयोजित  एकीकृत समाजवादीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  अध्यक्ष नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताएका छन्।

‘हार भन्ने कुरा सधैँ भइरहँदैन, बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ’, अध्यक्ष नेपालले भने ।

भारतमा पनि जवाहारलाल नेहरु, इन्दिरा गान्धी हुँदा जितिरहेको काँग्रेस (आइ) अहिले हारिरहेको र भाजपाले जितिरहेको उदाहरण दिँदै  उनले काँग्रेस (आइ) ले अहिले सुरु गरेको देशव्यापी अभियानमा लाखौँलाख मानिसहरू जोडिएर नयाँ तरङ्ग सिर्जना गरिरहेको बताए ।

Advertisement

अध्यक्ष नेपालले  जनताको सम्मान गर्ने विचार भएको पार्टीका कार्यकर्ताहरूलाई हिम्मत नहार्न बारम्बार आग्रह गर्दै समानुपातिक मतदानमा कमजोरी र बेवास्ता भएकाले आशा गरेअनुसार परिणाम प्राप्त नभएको बताए ।