November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जाँदैछिन्।  श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको निमन्त्रणामा पौडेल श्रीलंका जान लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको छ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसैदिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

Advertisement

पौड्याल माघ २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।