काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण लिएकी छन् ।
मंगलबार बिहान शीलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
सोमबार अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी थिइन । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो ।