November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

उन्मुक्ति पार्टीका कारण उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित !

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

सचिवालय स्रोतका अनुसार संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्माबीचबीच बालुवाटारमा छलफल भइरहेको छ ।

सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरेर शुक्रबार राखिएको हो ।

Advertisement

संयन्त्रका संयोजक ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले नागरिक उन्मुक्ति पार्टीले राखेको माग सम्बोधन गर्ने खालको नभएकोले बैठक नबसेको बताए। शुक्रबार विहान बस्ने संयन्त्रको बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने बताइएको छ।