काठमाडौं । नेपाली काँग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । बुधबार को प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले तत्काल दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
‘महतले भने, ‘काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? ‘तत्काल दोषीलाई कारबाही गर्नुपर्छ ।’
वास्तविक मजदुरका जायज माग सम्बोधन गर्नुपर्ने साथै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने महतले बताए ।