काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनियुक्त महासचिव घनश्याम भुसालले आज पद बहाली गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा नवनियुक्त महासचिव भुसालले पद बहाली गरेका हुन्।
उनलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसाल उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधर सहितका नेताहरुले खादा मालाले स्वागत गर्दै पद बहाली गराएका हुन् ।
महासचिवको पद बहाली पछि बोल्दै नवनियुक्त महासचिव भुसालले पार्टी भित्र नीति र थिति विधि र प्रणालीलाई व्यवस्थित गर्दै कम्युनिष्ट आन्दोलनमा देखिएका निरासाहरुलाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए।