July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

स्ववियु निर्वाचनको मतपरिणामले विद्यार्थीलाई राजनीतिप्रति वितृष्णा उत्पन्न गराएको छ: नेता खतिवडा

काभ्रे । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले स्ववियु निर्वाचनको मत परिणामले विद्यार्थीलाई राजनीतिप्रति वितृष्णा उत्पन्न भएको बताएका छन् । सोमबार काभ्रेको बनेपामा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले राजनीति दलहरूले विद्यार्थीको हकहितको लागि वास्तविक मुद्दा सम्बोधन गर्न नसकेको कारण विद्यार्थीहरूलाई राजनीति प्रति उत्साह जगाउन नसकेको बताएका हुन् ।

स्ववियु निर्वाचनमा ठूला क्याम्पसमा पनि सोचे जस्तो मत झरेको देखिएन । विद्यार्थीहरूमा राजनीतिले केही हुँदैन भन्ने गलत मानसिकता विकास हुँदै गरेको भन्दै नेकपा एकीकृत समाजवादीले आजैदेखि विद्यार्थीको मुद्दा र समस्यालाई सडक र सदनबाट आवाज बुलन्द पार्न आवश्यकता रहेको नेता खतिवडाको भनाइ थियो ।

एकीकृत समाजवादी निकट अनेरास्ववियूलाई सुझाव दिदै उनले काभ्रेको स्ववियु निर्वाचनमा सकेसम्म अहिलेको गठबन्धनसँग मिलेर निर्वाचनमा जान राम्रो हुनु बताए ।

Advertisement

चैत ५ गते सम्पन्न हुनुपर्ने स्ववियु निर्वाचन काभ्रेमा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेपछि स्थागत भएको थियो, र हालसम्म पनि विद्यार्थी संगठनहरूबीच सहमति हुन् सकेको छैन् ।