November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको ५४ औं स्थायी कमिटीको बैठक सुरु भएको हो ।

बैठकले पुष्पकमल दाहाल प्रचण्डको सरकारले विश्वासको मत पाएसँगै बैठकले पार्टी सरकारमा सहभागिताका विषयसहित समसामयिक विषयवस्तुमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको ५३ औं स्थायी कमिटीले ४ जना उपाध्यक्षहरू समेत स्थायी समितिमा थप गरेपछि अव पार्टीको स्थायी समितिको संख्या १९ पुगेको छ ।

Advertisement

अघिल्लो बैठकले सरकारलाई विश्वासको मत दिने र पार्टी संसद्को सत्ता पक्षमा बस्ने समेत निर्णय गरेको थियो ।