November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको ३ मन्त्रालयको दाबी कायमै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबीलाई कायमै राखेको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकपछि पार्टीका उपमहासचिव तथा प्रभार विभाग प्रमुख जगन्नाथ खतिवडाले
भने, ‘हामीले भने झैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’ अहिले आफूहरू एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताए।

धेरै कुरा त्याग गरेकोले अहिले तीन मन्त्रालय पाउनुपर्ने आफूहरूको दाबी कायम रहेको उनले बताए । ‘हामी अहिले पनि सरकारको महत्वपूर्ण कम्पोनेन्ट हौं ।’, उनले भने ।

Advertisement