विराटनगर । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल मोरङको तेस्रो जिल्ला अधिवेशन जसपा पार्टी कार्यालयको सभा हल विराटनगरमा सम्पन्न भएको छ ।
अधिवेशनले पप्पुकुमार यादवको अध्यक्षतामा ९ सदस्यीय स्वास्थ्यकर्मी फोरम, जिल्ला समिति निर्माण भएको छ । जसको उपाध्यक्ष प्रेम लिम्बू, सचिव मनिषा देव, सहसचिव रामनाराय यादव, कोषाध्यक्ष रन्जु मेहता छन् । सदस्यहरूमा किशोर कामत, सदेवसुनरी यादव, पुनम कुमारी कर्ण छन् ।
अधिवेशनमा प्रमुख अतिथि जसपा नेपालका जिल्ला सदस्य महेश्वर यादव रहेका थिए भने विशिष्ट अतिथि स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादव, स्वास्थ्यकर्मी फोरमका प्रदेश अध्यक्ष हरिशंकर साह थिए ।

त्यसैगरी समाजवादी विद्यार्थी युनियनका मोरङ अध्यक्ष महेश यादव, विद्यार्थी नेता अरविन्द मण्डल, प्रेस मञ्च नेपालका मोरङ मुकेश कुमार यादवलगायतको उपस्थिति थियो ।
कार्यक्रम राज कुमार दासको अध्यक्षतामा सम्पन्न भएका थियो ।