November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीका नेता ज्ञवालीद्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर लागेका ज्ञवाली विभाजनको औचित्य पुष्टि नहुने भन्दै ज्ञवालीले पार्टी परित्याग गरेका हुन् ।

उनले भने,‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो । त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ ।’

एमालेको स्थापनाकालदेखि सक्रिय नेता ज्ञवालीले भने, ‘कोके, माले एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ ।’

Advertisement

ज्ञवालीलाई एकीकृत समाजवादीले केन्द्रीय लेखा परिक्षण आयोग सदस्यको जिम्मेवारी दिएको थियो ।