November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिनिधिसभाको बैठकमा सांसद अर्धनग्न

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद भवनभित्रै अर्धनग्न बनेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद सिंह अर्धनग्न भएका हुन् ।

सांसद सिंहले बैठकमा आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे । सभामुखले पटकपटक आग्रह गरेपछि सिंह लुगा लगाएर बैठकमै सहभागी भए ।

Advertisement