ललितपुर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक चलिरहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा चलिरहेको बैठकमा विधान अधिवेशन, मन्त्री चयन, मधेस सरकारलगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
यसबिचमा उपचुनावमा भएको कारण तोकिएको समयमा विधान अधिवेशन हुने नदेखिएको कारण त्यसको मिति सार्ने कि नसार्ने विषयमा छलफल भएको वैठकमा सहभागी एकले बताएको छ । ‘सम्भवत अधिवेशनको मिति सर्छ ।’ उनले जानकारी दिए । विधान अधिवेशन जेठ १ गतेका लागि तय भएको थियो तर तयारी नपुगेको कारण अधिवेशन सर्ने सम्भावना बढेको हो ।
त्यस्तै प्रचण्ड नेतृत्वको सरकारमा एक जना मन्त्री पठाउन बाँकी छ त्यसको बारेमा पनि छलफल हुने बताइएको छ । मधेस प्रदेशको सरकारलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक आजै सकिने पनि जानकारीमा आएको छ ।