November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको मोर्चा सङ्गठनले माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध धर्ना दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी मोर्चा सङ्गठनले माइतीघर मण्डलामा जुटेर बुधबार भ्रष्टाचार विरुद्ध धर्ना दिने भएको छ ।

पार्टीको मोर्चा संगठनको आयोजनामा भ्रस्टाचारीहरूलाई कडाभन्दा कडा कारवाही गराउनका लागि जनदबाब सिर्जना गर्ने उद्देश्यले आज बैशाख २७ गते दिनको ३ बजे काठमाडौँ माइतीघरमा जुटेर धर्ना दिने कार्यक्रमको तय भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँटका प्रमुख डा. विजय पौडेलले जानकारी दिए ।

मोर्चा सङ्गठनले बैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेकोले सबै जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष अनुरोधसमेत गरेको छ ।

Advertisement