काठमडौं । नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैछ । दिउँसो १ बजेका लागि तय भएको हो ।
आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बस्न लागेको बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने जनाइएको छ ।
रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति आन्दोलित छ । पार्टीले नेपाल बन्दसम्मका कार्यक्रम अघि सारेको छ ।
डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले भने अदालतको फैसलाबाट विचलित नभएको प्रतिक्रिया दिएका छन् । उनले पुनरवलोकनको बाटो खुला रहेकाले फैसलाविरूद्ध जथाभावी टिप्पणी नगर्न पनि आग्रह गरेका छन् ।