November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

रास्वपाकी सांसद सुमना श्रेष्ठले बोलेको ‘गुण्डा शैली’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले रास्वपाकी सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेसँग समय लिई बोलेका बजगाईले श्रेष्ठले बोलेको गुण्डा शैलीमा भन्ने अभिव्यक्ति हटाउन माग गरेका हुन् ।

उनले भने, ‘सांसद सुमना श्रेष्ठले बहुमतका आधारमा पास गर्ने भए, गुण्डा शैलीमा पास गर्ने भए भन्ने अभिव्यक्ति दिनुभएको र यो संसदीय मर्यादाभित्रको भाषा नभएकोले तत्काल हटाउन माग गर्दछु ।’

लगत्तै सभामुख घिमिरेले उक्त विषय ध्यानाकर्षण भएको बताए। ‘हामी यसलाई हेरेर अभिव्यक्ति के आएको छ, निर्णय गर्नेछौं,’ उनले भने।

Advertisement

सांसद श्रेष्ठले बहुमतका आधारमा अपराधि र गुण्डा संरक्षण गर्ने विधेयक सरकारले ल्याएको अभिव्यक्ति दिएकोले अमर्यादित भाषा हटाउन माग गरिएको उनले बताए।