July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

विभिन्न पर्वका अवसरमा आज चियापान कार्यक्रम गर्दै नेपाली कांग्रेस

२०८० कार्तिक ११

काठमाडौं । दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेपाली कांग्रेसले आज चियापान कार्यक्रम गर्दैछ। चियापान कार्यक्रम दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चल्नेछ।

कांग्रेस केन्द्रीय कार्यालयमा हुने चियापान समारोहमा कांग्रेसले विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू लगायतलाई आमन्त्रण गरेको छ।

कोरोनाका कारण विगतका वर्षहरूमा कांग्रेसको चियापान रोकिएको थियो।

Advertisement