काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहा भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण ७ महिनापछि रिहा भएका हुन् ।
उच्च अदालत पाटनको आदेशसँगै ३० लाख धरौटी बुझाएका खाणलाई सम्पत्ति सुद्धीकरणमा बुझाइएको थियो । सम्पत्ति सुद्धीकरणले बयान लिएपछि खाणसँग १५ लाख धरौटी माग भएको थियो । सम्पत्ति सुद्धीकरणमा पनि उनले धरौटी वापत बैंक जमानत राखेको बताइएको छ ।
खाणलाई सम्पत्ति सुद्धीकरणपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर गराइएको थियो । अख्तियारले भने खाणलाई साधारण तारेखमा छोडेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा खाँण गत वैशाख २७ गते पक्राउ परेका थिए