August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

इलाममा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ मा हुने उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले इलममा डम्बर खड्कालाई

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ। गत वर्षको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग खड्का झिनो पराजित भएका थिए ।

इलाम २ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो।

Advertisement

इलाम- २ को उपनिर्वाचनका लागि नेकपा एमालेले स्व: सुवास नेम्बाङकै छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ भने रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।