काठमाडौं – नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ। माघ ९ गते काठमाडौंमा हुन लागेको जनप्रदर्शन तयारीस्वरूप काठमाडौंमा मोटरसाइकल र्याली निकालिएको हो।
काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोबाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको छ।