November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

संसद विघटनसम्बन्धी मुद्दा : शुक्रबारको सुनुवाई सुरु

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्व दायर रिटमाथिको सुनुवाई शुक्रबार पनि सर्वोच्चको संवैधानिक इजलासमा सुरु भएको छ ।

आजको इजलासमा महान्यायाधिवक्ताको कार्यालयले राजपत्रको सूचना पेश गरेको छ । बुधबार बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले विघटनको सूचना राजपत्रमा खै भई प्रश्न गरेका थिए ।

अधिवक्ताहरुले सूचनाबारे प्रश्न उठाएपछि इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग सूचना माग गरेको थियो ।

Advertisement

यसअघि बिहीबार कानुन व्यवसायीहरू टीकाराम भट्टराई, गुणनिधि न्यौपाने, ओमप्रकाश अर्याल र रिट निवेदक २५ वर्षीय समृत खरेलले बहस गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा एक दर्जन बढि रिट परेका छन् ।

विघटनविरुद्व दायर रिटमाथि गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाई भईरहेको छ ।