काठमाडौं: दुई समूहमा विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले अलग–अलग मान्यता नदिनेभएको छ । दुबै पक्षले दिएको जवाफमा सन्तुष्ट हुन नसकेको भन्दै निर्वाचन आयोगले ऐन/कानून र पार्टीको विधान अनुसार एउटै नेकपा चिन्ने निष्कर्ष निकालेको छ ।
पार्टीको विधानानुसार सोधिएको प्रश्नमा दुबै समूहबाट सन्तुष्ट हुने जवाफ नआएकाले अलग–अलग मान्यता दिन नसकिने आयोग स्रोतको भनाइ छ । आयोगले नेकपाका प्रचण्ड–माधव समूह र अर्को ओली समूहलाई पार्टीको आधिकारिकताका लागि राजनीतिक दल ऐन र नेकपाको विधान अनुसार प्रश्न सोधेको थियो ।
दुबै समूहले आफूहरु नै आधिकारिक भएकाले थप जवाफ दिनुनपर्ने अडान राखेका थिए । दुबै समूह पार्टी विभाजनको दोष बोक्न चाहदैनन् । दुबै समूहको निर्णय अवैधानिक भएकाले औपचारिकरुपमा नेकपा एउटै रहेको आयोगले निष्कर्ष निकालेको छ ।