काठमाडौं: अर्थमन्त्री एवम् केपी ओली नेतृत्वको नेकपा महासचिव विष्णु पौडेलले प्रतिनिधि सभा विघटन हुँदा आफूलाई अचम्म नलागेको बताएका छन् । एउटा अनलाइनसँगको कुराकानीका क्रममासँग उनले सो कुरा बताएका हुन् । पार्टीभित्र देखिएका घटनाक्रमले प्रतिनिधि सभा विघटनको पूर्वानुमान आफूले गरेको बताए ।
प्रधानमन्त्री ओलीले भारी मनले प्रतिनिधि सभा विघटन गरेको बताउँदै उनले भने, ‘प्रधानमन्त्री प्रतिनिधि सभा विघटनको पक्षमा कहिल्यै पनि हुनु हुन्थेन। विघटनका लागि मन्त्रिपरिषदको बैठकमा सिफारिस गर्दा र मन्त्रिपरिषदको बैठकले निर्णय गर्दा उहाँले भारी मनले निर्णय गर्नु परेको थियो।’
परिस्थितिलाई ठेलेर गलत दिशामा लैजाने कामहरू भएकाले विघटनको विन्दुमा पुगेको उनले बताए ।