November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी: ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी भएको बताएका हुन् ।

बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनताका बीचमा जाने निर्णय गरेको ओलीले बताए ।

Advertisement