November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

कांग्रेस तेह्रथुम–काठमाडौं सम्पर्क समितिको सभापतिमा भवानी काफ्ले चयन

२०८२ कार्तिक १०

काठमाडौं । नेपाली कांग्रेस तेह्रथुम–काठमाडौं सम्पर्क समितिको सभापतिमा भवानीप्रसाद काफ्ले चयन भएका छन् । नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटलमा सम्पन्न पाँचौं अधिवेशनले काफ्लेलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा निश्छल निङ्लेकु उपाध्यक्ष, कुलचन्द फोम्बो सचिव र कोषाध्यक्षमा बलिराज इङ्नाम चयन भएका छन् ।

यस्तै, कार्यसमितिका सदस्यहरूमा लाक्पा शेर्पा, दीपेश फोम्बो, विष्णु आचार्य, रामबहादुर लिम्बू र विमल कन्दङ्वा रहेका छन् ।

Advertisement

यस समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

नवनिर्वाचित अध्यक्ष काफ्लेले पार्टी विधानअनुसार बाँकी सदस्यहरूको चयन चाँडै गरिने बताउँदै जिल्ला र केन्द्रीय समितिबीच समन्वय स्थापित गर्न समितिले सक्दो प्रयास गर्ने बताए ।

कांग्रेस तेह्रथुम जिल्ला कार्य समितिका पूर्व सभापति रामनारायण ढुङ्गानाले नयाँ कार्य समितिलाई बधाई दिनुका साथै पार्टीभित्र एकता कायम गर्दै जिल्ला कार्य समितिको सुझाव र सल्लाह अनुसार सक्रिय रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा पूर्वमन्त्री तुलसी सुब्बा, कांग्रेस महाधिवेशन प्रतिनिधि हरि डाँगी, रुद्र कन्दङवा, तेह्रथुम जिल्ला कार्य समिति सचिव डिल्ली नेपाल, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रामकृष्ण लकान्द्री र सम्पर्क समिति सल्लाहकार विजयकुमार मादेम्बा लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।