November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

जेन्जी आन्दोलनपछिको यो अवस्थामा देशको उत्तम विकल्प निर्वाचन: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नै उत्तम विकल्प भएको भएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेन्जी आन्दोलनपछिको यो अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै रहेको बताएका हुन् ।

संकटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा रहेको प्रचण्डले बताए ।

संयोजक प्रचण्डले हालै देखिएको ‘जेन्जी आन्दोलन’ उल्लेख गर्दै युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको स्पष्ट भएको बताए । उनले भने, ‘नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेन्जी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ । नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको छ ।’

Advertisement

सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकोमा युवाहरूलाई धन्यवाद दिँदै उनले अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा राखे ।