काठमाडौं- सरकारका उपप्रधानमन्त्री एवं नेकपा ओलीपक्षका नेता ईश्वर पोखरेलले पार्टीमा प्रचण्ड प्रवत्ति हाबी भएर दुई समूहमा पुगेको बताए।
नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष माधव नेपालमा कुण्ठा भएकाले प्रचण्डको प्रवृत्तिमा जोडिएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षीयले गरेको सभामा ईश्वर पोखरेलले भने, ‘संविधानको रक्षा,स्वाभिमानको रक्षा,अराजकताको अन्त्य हुने सोचेर पार्टी एकता गरेका थियौं।’
अराजकताको लडाई विरुद्ध लडाई गरिएको उनले बताए। उनले भने, ‘हाम्रो लडाईको झण्डामा झुक्न दिने छैनौं।
उनले प्रचण्ड-माधव समूहले बिहीबार गरेको हडतालको पनि विरोध गरे। ‘आमहड्तालको म विरोध गर्छु।