August 25, 2026, Tuesday
२०८३ भाद्र १०
1:37:26 pm

NEFIN अष्ट्रियाको २५६५ औं बुद्ध जयन्ती कार्यक्रम (फोटोफिचर)

मनि थेबे , २६ मे भियना।
वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्ध जयन्तीको दिन भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी भियनामा नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) अष्ट्रियाको आयोजनामा विश्व शान्ति पूजा तथा प्रार्थना कार्यक्रम सम्पन्न भयो ।

विधिवत रुपमा रुख मुनि पूजा तथा प्रार्थना गर्ने थान बनाई शेखर लामा द्वारा लामा मन्त्र पाठ गरिएको थियो। उपस्थित श्रद्धालु भक्तजनहरुले बोधगयामा सिद्धार्थ गौतमलाई एउटा रुख मुनि तपस्याको दौरान बुद्धत्व प्राप्त भएकोले अब उप्रान्त भियनाको उक्त रुखलाई पनि पवित्र स्थलको रुपमा मान्ने साथै बिगत केहि दिनदेखि खराव मौसम रहेको भियनामा बुद्ध जयन्तीको दिन घमाइलो मौसम हुनुलाई भक्तजनहरुले पवित्र दिन भएकोले प्रकृतिले पनि पूजा प्रार्थनामा साथ् दिएको बिश्वास व्यक्त गरेका थिए।

भगवान् बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन गरिने कुनै पनि असल कामको तिन गुणा पुण्य प्राप्त हुने लामा मन्त्र वाचक शेखर लामाले बताउनु भयो। कार्यक्रममा कोरोना महामारीको कारणले दिवंगत भएकाहरुको आत्मा शान्तिको लागी एक मिनट मौन धारण र प्रार्थना गरिएको थियो।

Advertisement