November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

एनआरएनएको अध्यक्षमा कुल, बद्री र रविनाको उम्मेदवारी: कसको होला जीत ?

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीनजनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आचार्यले संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न फेरि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।

तीन उम्मेदवारमा तुलनात्मक रुपमा बलियो मानिएका आचार्य गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए। आचार्य संघका अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए।

Advertisement

‘संस्थामा लामो समयदेखि समय, स्रोत र निस्वार्थ सेवामा खटेको मेरो योगदान तपाईंहरुले मूल्यांकन गर्न सक्नु हुन्छ । मैले कहिले पनि कमिसन वा व्यक्तिगत लाभको लागि कुनै पनि काम गरेको छैन । संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न मैले सधैं आवाज उठाइरहेको छु,’ उनले भने

आचार्यलाई नेपाली कांग्रेस निकटको उम्मेदवारको रुपमा पनि हेरिएको छ।