November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

एनआरएनए अष्ट्रियाले यसरी क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष मनायो

एनआरएनए अष्ट्रियाको आयोजनामा क्रिसमस तथा अंग्रेजी  नयाँ वर्ष २०२२ को उपलक्ष्यमा  शुभकामना आदानप्रदान कार्यक्रम भर्चुअल  चौतारीमा भव्य रूपमा सम्पन्न  भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष अनिता भुजेलको संयोजकत्वमा आयोजित  उक्त कार्यक्रममा  एनआरएनए अष्ट्रियाका अध्यक्ष भवानी तीवारीको  सभापतित्व,  नेपाली राजदुतावास भियनाका कार्यवाहक राजदुत डा. इला मैनालीको प्रमुख आतिथ्यता रहेको थियो ।   

आईसिसि सदस्य  बिकाश कार्की,   वर्तमान संरक्षक तथा संस्थापक अध्यक्ष श्रीमती शुभ राणा,  वर्तमान सरक्षक तथा पूर्व आईसिसि सदस्य दिपेन्द्र हामालयन कार्की,  वर्तमान संरक्षक तथा निवर्तमान अध्यक्ष विनोद चौलागाई,    वर्तमान सल्लाहकारहरू मित्र खत्री , निरा लामिछाने, लक्ष्मण भुजेल, भुपेन्द्र गुरूङ, वुद्दि वहादुर तामाङ,  अनुशासन समिति सदस्यहरू मनोज विष्ट , मनिराज थेबे  र प्रदिप भण्डारी, एल सिसि साल्जवर्गका अध्यक्ष शिव खड्का तथा समाजसेवी निलम सेन्चुरी, नेसास अष्ट्रियाका अध्यक्ष मन्जु खड्का, जनजाती महासंघ अष्ट्रियाका अध्यक्ष श्वेता वज्राचार्य, स्पोर्ट कल्व भियना सगरमाथाका अध्यक्ष  म्यानफ्रेड एनरेटर , गायक तथा संगीतकार शेखर लामा  लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको विशेष आतिथ्यता रहेको   थियो ।

गायक तथा संगीतकार शेखर लामाले  अत्यन्त  सुमधुर स्वरमा गीतहरू पस्किएर कार्यक्रमलाई  रोचक वनाएका थिए भने नेहारिका खड्काको  सुन्दर नृत्य र सुरिलो वालस्वरमा गाईएको गीतले उपस्थितहरूलाई थप मनोरन्जन प्रदान गरेको थियो ।

Advertisement

मन्तव्यको क्रममा नेपाली राजदुतावास भियनाका कार्यवाहक राजदुत डा. इला मैनालीले  वाईवलमा यशुको जन्म  र वर्णन अनी  हिन्दुमा कृष्ण भगवानको जन्म र वर्णनको  सार उस्तै  उस्तै भएको वताउदै  अन्य धर्मसंस्कारलाई सम्मान गर्न सक्ने नेपालीहरूको पृथक संस्कारले विश्वसामु नेपालीहरूलाई परिचित गराएको वताउदै क्रिसमस तथा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।

 समाजसेवी निलम सेन्चुरीले,  सात समुन्द्र पार गरेर आएका हामी नेपालीहरूको महान् दिलको खुलेर प्रशंसा गर्नुको साथै अरूको पर्वलाई पनि आफ्नो सम्झेर मनाउन सक्नुमा गर्व गर्दै नेपाली हुनुको परिचय दिन सकियोस् भन्ने  भनाईका साथ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विशेष अतिथीहरू आईसिसि सदस्य विकाश कार्की,  वर्तमान संरक्षक तथा संस्थापक अध्यक्ष श्रीमती शुभ राणा,  वर्तमान सरक्षक तथा पूर्व आईसिसि सदस्य दिपेन्द्र हामालयन कार्की,  वर्तमान संरक्षक तथा निवर्तमान अध्यक्ष विनोद चौलागाई, वर्तमान सल्लाहकारहरू मित्र खत्री , निरा लामिछाने, लक्ष्मण भुजेल, भुपेन्द्र गुरूङ, वुद्दि वहादुर तामाङ,  अनुशासन समिति सदस्यहरू मनोज विष्ट , मनिराज थेबे  र प्रदिप भण्डारी,  समाजसेवी निलम सेन्चुरी, नेसास अष्ट्रियाका अध्यक्ष मन्जु खड्का, जनजाती महासंघ अष्ट्रियाका अध्यक्ष श्वेता वज्राचार्य, स्पोर्ट कल्व भियना सगरमाथाका अध्यक्ष  म्यानफ्रेड एनरेटर, गायक तथा संगीतकार शेखर लामा,  अन्जना आचार्य, ( नेपाली शिक्षिकाको रूपमा भियनामा छनौट हुनुभएको ) नेत्र खड्का, मुना गूरूङ, सचिता राई,  महिला संयोजक प्रतिभा कार्की, कोषाध्यक्ष विरेन पुन, सह कोषाध्यक्ष सरिता सिलवाल लगायतका उपस्थित महानुभावहरूले आ- आफ्नो मन्तव्यको क्रममा  शुभकामना  व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति तथा एनआरएन अष्ट्रियाका अध्यक्ष श्रीमती भवानी तिवारीले कार्यक्रम समापनको क्रममा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यसैगरी आम अष्ट्रियावासी नेपालीहरूको साथ र सहयोग पाउने अपेक्षा गरेको  वताउनुभयो ।