मकाउ । मौलिक चाडपर्वहरुको अवसरमा मकाउको पोर्तासमा सामुहिक रूपमा शुभकामना आदानप्रदान गरिएको छ । आदिवासी जनजाति महासंघ मकाउको संयोजकतत्वमा मकाउस्थीत आवद्ध सम्पूर्ण जनजाति मातृसंस्थाहरूद्धारा शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रम आदिवासी जनजाति महासंघ मकाउको अध्यक्ष तथा किराँत राई यायोक्खाका अध्यक्ष भीम राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कियाचु मकाउका चण्डी योङ्या, मगर संघका भुवन पून, गुरूङ तमु समाजका गोरे गुरुङ, तामाङ घेदुङ संघका बिजय लामा मोक्तान, शेर्पा समाजका जालाक्पा शेर्पाका साथै हेल्पिङ ह्याण्ड र एनआरएन मकाउ लगायतका संस्थाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन कृष्ण याम्फू राईले गरेका थिए भने विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकमना मन्तव्य राख्ने क्रममा प्रतिनिधिहरुले यस कार्यक्रमले सांस्कृतिक सद्भावको ज्वलन्त उदाहरण पेश गरेको बताएका थिए । साथै आगामी दिनहरुमा सक्दो सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत गरेका थिए ।
कार्यक्रममा मकाउको विभिन्न क्षेत्रमा कार्यरत आदिवासी जनजाति तथा गैर–जनजातिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो भने नयाँ सदस्यता पनि बितरण गरिएको थियो ।