November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

कतारका नेपालीहरुले यसरी मनाए २५६६औं बुद्द जयन्ती

शारदा भुजेल, दोहा । लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा कतारमा २५६६ औँ बुद्ध जयन्ती भव्य रुपमा मनाईएको छ।

गत शुक्रबार मे २० मा दोहास्थित आभा मन्जु रेस्टुरेन्टमा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा प्रदेशअन्तर्गतका जिल्ला संस्थाहरुको सयुक्त संयोजनमा बुद्ध जयन्ती मनाइएको हो।

संस्थाका संरक्षक कमलमणि गुरागाईंको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा परिषदका संरक्षक सदस्य क्रान्ति सिंह, केबी हमाल र अर्जुन प्रसाद भट्टराई, प्रमुख सल्लाहकार ठाकुर कुमार परियार, सल्लाहकार केदार नाथ भुसाल, दीप जंग शाह, वसन्त थापा लगायतको विशेष आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व रहेको थियोे ।

Advertisement

“हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल उदेश्य राखेर कतारमा स्थापना भएको यो संस्थाले हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

बुद्ध जयन्ती गत सोमबार भएतापनि कतारमा सबैको बिदाको दिन शुक्रबार मनाइएको कार्यक्रममा प्रदेश अन्तर्गतका जिल्ला संघ–संस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण परिषदका महासचिव टेकराज थापा र स्वागत मन्तव्य परिषदका बरिष्ठ उपाध्यक्ष डिल्ली राम भट्टराईले राखेका थिए ।