-शारदा खवास
दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समनवय परिषद कतारले नेपालको राष्ट्रिय पर्व ईदको अवसरमा कतारमा बृहत्त सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कतारमा रहेका यूवा तथा श्रमिकहरूको सह्योगार्थ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले शुक्रबार एक कार्यक्रमको आयोजना गरि जानकारी दिएको छ ।
आगामी १० जुलाई २०२२ का दिन अलअरब स्पोर्ट्स क्लब दोहामा हुने कार्यक्रम एसएसके ईभेन्ट म्यानेजमेन्टको प्रायोजनमा गर्न लागिएको कार्यक्रमका मिडिया संयोजक दिपजंग शाह ठजुरीले जानकारी दिएका छन् ।
होटल गोकुलम पार्कको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कार्यक्रम विशुद्ध गैरराजनीति रहेको जानकारी दिएका छन् ।

सम्बोधनकै क्रममा मुसलमानले कतारमा श्रमिक मात्र नभएर पारिवारिक बसाई, अध्ययन, भिजिट, कुटनीतिक, व्यवसाय लगायत विभिन्न उदेश्यले कतारमा रहेका यूवालाई समेटेर खेलकुद, सचेतनामूलक लगायत यूवा विभागले गर्ने विविध कार्यक्रम तथा कतारमा रहेका विविध श्रमिकहरूको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको बताए ।
कार्यक्रममा कलाकारहरु रचना रिमाल, रमेश राज भट्टराई, सागर लम्साल (बले), हरि प्रसाद निरौला (कक्रोज), अर्जुन सापकोटा, हरि गिरि(बिमशी), इन्द्र आरपी फिरोज बस्नेत, अशोक सेवा, रुबिना अधिकारी, सबिता भुसाल, एलिसा बास्तोला, रेखा राई, एम जि मिथुन लगायतको प्रस्तुति रहने छ ।