August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

‘गैरआवासीय नेपाली अभियान’ २३औँ वर्षमा प्रवेश

काठमाडौं । ‘गैरआवासीय नेपाली अभियान’ २३औँ वर्षमा प्रवेश गरेको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको यस अभियानले आजदेखि २२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको हो ।

विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो ।

स्थापनाको २२ वर्षको अवधिमा ९० देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको एनआरएनएले जनाएको छ ।

Advertisement

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २२ औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी रहेको पनि एनआरएनले जनाएको छ ।