काठमाडौं–नेकपा माओवादी केन्द्रले प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ।
दलको सोमबार बसेको बैठकले आङ्बोलाई दलको नेता चयन गरेको हो।
सोही बैठकले दलको उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवतीदेवी राईलाई चयन गरेको छ।
तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका टंक आङ्बुहाङ एमाले प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद रिक्त थियो।
सोही बैठकले प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री रहेका टंक आङ्बुहाङलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ।