July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

गण्डकी प्रदेश सभा बैठक चैत २५ बाट

काठमाडाैं–गण्डकी प्रदेश सभा बैठक चैत २५ बाट बस्ने भएकाे छ। गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले विधेयक अधिवेशन बोलाउने निर्णय गरेको हाे।

गण्डकी प्रदेश सभा बैठक छ महिनादेखि बस्न सकेकाे छैन।

संवैधानिक व्यवस्था अनुसार छ महिनामा संसद बोलाउनुपर्ने वाध्यात्मक अवस्थाले संसद बैठक बोलाइएको हाे।

Advertisement

चैत २६ गते संसद बस्न नसकेको छ महिना पुग्दै छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अमिक शेरचनलाई संसद आह्वान गर्न सिफारिस गरेको हो।