November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

प्रदेश २को प्रदेश सभा बैठक बस्दै

काठमाडौं–लामो समयदेखि स्थगित रहेको प्रदेश २ को प्रदेश सभा बैठक सोमबार बस्दै छ। कात्तिक ४ गते चौथो अधिवेशन सकिएपछि हालसम्म बैठक आह्वान गरिएको थिएन।

सत्तारुढ र प्रतिपक्षी पार्टीभित्रको आन्तरिक विवादका कारण लामो समयसम्म संसद्को बैठक आह्वान नगरिएको बताइएको छ। ६ महिनाभित्र अधिवेश बोलाउनैपर्ने कानुनी बाध्यताका कारण प्रदेश सरकारले ३० चैतमा बैठक राख्न प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ।

प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो। संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको उनले बताए।

Advertisement

नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो।

पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ। अन्य विषयमा दलसँग छलफल भइरहेको यादवले जानकारी दिए।