काठमाडौं – गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने विपक्षीहरुको प्रयास असफल भएको छ । राष्ट्रिय जनमोर्चाका सांसदहरुले असहयोग गरेसँगै प्रयास असफल भएको हो ।
६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ सदस्यको सहमती आवश्यक पर्दछ । तर, राजमोले सहमती दिएपनि दुई सांसदहरु कृष्ण थापा र खिमविक्रम शाहीले हस्ताक्षर नदिएपछि बहुमत नपुगेको हो । थापाले यसअघि नै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए भने शाहीले अन्तिम समय हस्ताक्षर फिर्ता लिएका छन् ।
विपक्षी गठबन्धनले बहुमतको सहमती देखाउन नसकेसँगै संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुख सीता कुमारी पौडेलले प्रदेशसभाको ठूलो दल नेकपा (एमाले)लाई सरकार गठनको लागि आव्हान गरेकी छिन् । अब एमालेको नेतृत्वको सरकार गठन हुने देखिएको छ ।
