November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

आज यी जिल्लामा बाढीको जोखिम, होशियार रहन आग्रह (सूचनासहित)

काठमाडौं – आज (शुक्रबार) देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बर्षाका कारण आज आज कोशी र यसका स–साना सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ । बिहानको मापनानुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पश्चिम राप्ती, बबईमा बहाव केही बढ्ने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । कन्काई, कमला, वागमती, जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी वर्षा भई बहाव बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

Advertisement

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही, दाङ, मुगु, डोल्पा, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कञ्चनपुर, कैलाली र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सके पूर्वानुमान छ ।