November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

महन्थको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्णय लिन आयोगलाई सहज

काठमाडौं –  जनता समाजवादी पार्टी (नेपाल) जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेड काउण्ट’ रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

योसँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुला भएको छ । जसपा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा आयोगले पार्टी एकीकरणको बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते (भोलि) सनाखतका लागि झिकाउने निर्णय गरेको थियो ।

Advertisement