August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

आज देशभर थपिए तीन हजार तीन सय नौ कोरोना संक्रमित

२०७७ कार्तिक १९

काठमाडौ – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जना कोरोना (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४४ पिसिआर परीक्षण गरिएको छ। 

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार पछिल्लो एक दिनमा ३८ सय ४४ जनाले कोरोनालाई जितेका छन्। मन्त्रालयका अनुसार कोरोना संक्रमित निको हुने दर बढेर ७९ प्रतिशत पुगेको छ। दशैँ अगाडि यो दर घटेर ६८ प्रतिशतमा झरेको थियो।

Advertisement