August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित

काठमाडौ । नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्षसमेत रहेका चित्रसेन अधिकारी निर्वाचित भएका छन् ।

मतगणनाअनुसार ६४९ मतसहित उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीले ५४६ मत मात्रै ल्याएका थिए ।

महानगरको सभापति पदमा हिरामणि अधिकारी र बचन कार्की पनि उठेका थिए ।

Advertisement