November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

काठमाडौँ उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ कार्तिक १४

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना रहेको जनाएको छ ।

बिहीबार काठमाडौँ उपत्यकामा १६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना रहेका थिए ।

Advertisement