November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति पौडेललाई उपेन्द्र यादवले दिए धन्यवाद

राजाविराज । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन गर्दै यादवले अब नागरिकता समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका छन् ।

राजविराज नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, ‘नागरिकता विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपतिजीलाई धन्यवाद । आशा गरौं अब नागरिकता समस्या समाधान होस् ।

आफ्नो आमा–बा नेपाली नागरिक हुने तर सन्तान अनागरिक हुने अवस्था खेदपूर्ण भएको उनल बताए । ‘माता–पिता नेपाली नागरिक हुने अनि सन्तान अनागरिक हुने कस्तो देश हाम्रो ?’, उनले प्रश्न गरे ।

Advertisement

अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको विधेयकलाई राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन् ।