November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् । पुरानो सत्ता समीकरणमा आवद्ध दल सरकारबाट बाहिरिएकाले यादवले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले मंगलबार साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रको सरकार परिवर्तन भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसो नगरे सर्वोच्च अदालतमा रिट परी कानुनी अड्चन आउने भन्दै मुख्यमन्त्री यादवले आकस्मिक बैठकमार्फत विश्वासको मत लिन लागेका हुन् ।

Advertisement

सरोजकुमार यादव गत पुस २७ गते नेकपा एमाले, जसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यतिबेला एमालेले तीन वटा मन्त्रालय पाएको थियो । भौतिक पूर्वाधार मन्त्रालयमा सरोजकुमार यादव, गृह तथा सञ्चार मन्त्रालयमा शत्रुधनप्रसाद सिंह र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयमा राजकुमार लेखी थिए ।

त्यसयता काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र जसपा सरकारमा सहभागी छ । तर माओवादी केन्द्रले आजको प्रदेश सभा बैठकमा यादवलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ ।

अहिले एउटा मन्त्रालय पाएको माओवादी केन्द्रले दुईटा मन्त्रालय माग गरिरहेको छ । यसअघि पनि माओवादीले असन्तुष्टि जनाउँदै दुई वटा प्रदेश सभा बैठक बहिष्कार समेत गरेको छ ।